चितवन विशेष
चितवनको ज्यानदालामा कुटपिटबाट एक जनाको ज्यान गयो
०

चितवन, चैत २८-
चितवनको इच्छाकामना गाउँपालिका–१ ज्यानदालामा झैझगडाका क्रममा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।
गएराति इच्छाकामना–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर चेपाङ र ३० वर्षीय लोकबहादुर चेपाङ बीच झगडा भएको थियो ।
झगडाका क्रममा कुटपिट हुँदा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने लोकबहादुरलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शवको पोस्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।