चितवन विशेष

माडी नगरपालिकाकी मेयर महतोको पहलमा निकुञ्जभित्रको बाटो मर्मत

Banner

चितवन, चैत २८-

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको पहलमा चितवन राष्ट्रिय निकुञ्जभित्रको सुविधाप्राप्त बाटो मर्मत गरिएको छ । माडी–भरतपुर आउजाउ गर्ने निकुञ्जभित्रको बाटो बिग्रिएपछि मंगलवारदेखि मर्मत गर्न थालिएको हो ।

१५ दिनसम्म लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ । यात्रुहरुको सहजताका लागि माडी नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको नगर प्रमुख महतोले बताइन् ।

‘रिउ पुलदेखि कसरासम्म मर्मतको काम मंगलवारदेखि सुरु भएको छ’, उनले भनिन्, ‘सडक डिभिजनसँग मर्मतको लागि केहि बजेट रहेछ । त्यसबाटै हुन लागेको हो ।’ माटोले बाटो सम्याएर सरर गाडी कुदाउन मिल्ने बनाउन लागिएको उनले बताइन् ।

निकुञ्जभित्रको बाटो पिच गर्नका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ । निकुञ्जको कानुनी अड्चनका कारण पिच भने हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>