चितवन विशेष

नारायणगढ-मुग्लिन खण्डमा ट्रक पल्टिँदा दुई जना घाइते

Banner

चितवन, चैत्र २४-
नारायणगढ-मुग्लिन सडक सडकमा अनियन्त्रित भई ट्रक पल्टिँदा दुई जना घाइते भएका छन् । चितवनको इच्छाकामना ६ स्थित पाँच किलोमा आज (शनिबार) दिउँस ग २ ख ८९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा चालक र सहचालक घाइते भएका हुन् ।

घाइते हुनेमा चालक मध्यविन्दु नगरपालिका १५ चोरमाका ३५ बर्षिया हरिनारायण महत्तो, र सहचालक मध्यवन्दि नगरपालिका ६ बस्ने २६ बर्षका टेकनारायण थापा रहेका छन् । चालक महतोको शरिका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

सहचालक थापाको अवस्था भने मध्यम रहेको छ । उनीहरु दुई जनाकै उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गर्दा ढुङगा बोकेको लोड ट्रकको अगाडीको टायर पड्कन पुग्दा अनियन्त्रित भएर कलर्भटमा पल्टिएको प्रहरीले जानकारी दिएको छ । ,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>