चितवन विशेष

चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

Banner

चितवन, चैत २३-

चितवनमा मासु खाँदा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ घरभई भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित अंकलको घरमा बस्दै आएका २२ वर्षीय करण सुनार रहेका छन् ।

गएको चैत १२ गते घाँटीमा मासुको हड्डी अड्किएपछि सुनारको स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरिएको थियो । उपचारपछि औषधी सेवन गरी अंकलके घरमा बस्दै आएका सुनारलाई थप उपचारको लागि चैत २२ गते भरतपुर अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा गएराति १२ः५० बजेको समयमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालकै शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>