चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा नौ महिनामा १९ गैंडासहित ५८ वन्यजन्तु मरे

Banner

चितवन, चैत २२-

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म १९ गैंडासहित ५८ वन्यजन्तु मृत फेला परेका छन् ।

निकुञ्जका अनुसार मृत फेला परेका १९ गैंडामध्ये दुई गैंडा चोरी शिकारीले मारेका हुन् भने अर्काे एउटा गैंडा पनि चोरी शिकारीले मारेको आशंका छ ।

५३ वन्यजन्तुको प्राकृतिक कारण (उमेर पुगेर, विरामी भएर र बाघको आक्रमण)ले मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । एउटा गैंडा र एउटा घडियाल गोहीको मृत्युको कारण खुलेको छैन ।

त्यस्तै, चालु आवमा पाँच हात्ती, तीन बाघ, २० चित्तल, तीन जरायो, एक बँदेल, दुई मगर गोही र तीन रतुवा प्राकृतिक कारणले मरेको तिवारीले बताए । निकुञ्जले यस अवधिमा १६३ वन्यजन्तुको उद्धार पनि गरेको छ ।

तिवारीका अनुसार निकुञ्जले तीन गैंडा, छ बाघ, १३ चित्तल, ५१ सर्प, ६४ अजिंगर, सात मगर गोही, दुई चितुवा, दुई जरायो र एक सुन कछुवा लगायतका वन्यजन्तुको उद्धार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>