चितवन विशेष

त्रिशूलीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवक अझै भेटिएनन्

Banner

चितवन, चैत २०-

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् ।

इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका १८ वर्षीय दिवस रोकाको खोजी भइरहेको प्रहरीले बताएको छ । मृतकको आफन्त र स्थानीयसँगको समन्वयमा घटना भएको स्थानबाट तलतिर खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

‘स्थानीयको सहयोग लिएर नदीको आसपासमा म्यानुअल्ली खोज्ने काम भइरहेको छ । खोलामा काम गर्ने कामदारहरुसँग जानकारी लिने काम गरेका छौँ’, उनले भने, ‘मृतकका आफन्तहरु पनि आउनुभएको छ ।’

ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार गोरखा नगरपालिका–४ की ४१ वर्षीया हरिमाया रोका र उनका छोरा ९ वर्षीय आगमन रोका, वडा नम्बर ७ की ७० वर्षीया जुनकिरी रोका र २८ वर्षीया अन्जना रोकाको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>