चितवन विशेष
बाघको आक्रमणबाट चितवनको माडीमा एक जना घाइते
०

चितवन, चैत्र १८-
चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार साँझ ६ बजेको समयमा बादरझुला स्थित भालुखोला बस्ने ३० बर्षिया बुद्धिराज गुरुङलाई घर नजिक खेतमा पानी लगाउन जाने क्रममा एक्कासी बाघले आक्रमण गरी घाइते बनाएको हो ।
घाइते गुरुङको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको निधार बाँया हातमा चोट लागेको छ । उनको अवस्थामा भने सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























