चितवन विशेष

बिवाह उत्सवमा गैरे परिवारले दिए ज्योति युवा क्लबलाई ५१ हजार १११ रुपैयाँ

Banner

चितवन, चैत्र १८ –
भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित ज्योति युवा क्लबलाई सहयोग प्राप्त भएको छ । संस्थाका पूर्व अध्यक्ष थमलाल गैरेका छोरा सञ्जोक गैरेले आफ्नो बिवाह उत्सवको अवसर पारेर ५१ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो ।

उहाँले आज एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष उपेन्द्रप्रसाद रिजाल र सचिव जिवन पौडेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै गैरेले आफ्नो विबाह उत्सवको अवसरमा संस्थालाई सानो सहयोग गर्न पाउँदा खुशी भएको बताउनुभयो । यस रकम समाजिक क्षेत्रमा लगानी गर्ने संस्थाका सचिव जिवन पौडेलले जानकारी दिनुभयो । ज्योति यूवा क्लवले विभिन्न सामाजिक विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । ज्योति क्लबले सञ्जोकलाई आजिवन सदस्यता समेत प्रदान गरेको छ । आज भएको कार्यक्रममा गैरेकी धर्मपत्नि सुरक्षा गैरे, संस्थाका संस्थापक अध्यक्ष हरिप्रसाद गैरे, ज्योति टोल विकास संस्थाका अध्यक्ष, संस्थाका निवर्तमान अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>