चितवन विशेष

चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो

Banner

चितवन, चैत १७-

चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो भएका छन् ।

नेकपा एमाले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरको भेटवाल चौतारोमा आज भएको बाघचाल प्रतियोगितामा भण्डारी पहिलो भएका हुन् । प्रतियोगितामा नन्दलाल लामिछाने दोस्रो, बलबहादुर मिजार तेस्रो र श्यामकाजी थापाले सान्त्वना पुरस्कार जितेका छन् । पुरस्कृत खेलाडीहरुलाई मौलाकालिका कबेलकारले केबलकार यात्रामा जाने आउने सबै व्यवस्था गरेको छ । तीन घण्टासम्म चलेको प्रतियोगितामा १६ जना खेलाडी सहभागी रहेका थिए ।

जनतासँग एमाले अभियान–२०८० अन्तर्गत राखिएको प्रतियोगिताको उद्घाटन शत्रमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र जनसांस्कृतिक महासंघ बागमती प्रदेशका इन्चार्ज अश्विन घिमिरेले नयाँ प्रकारको खेल भएकोले प्रतियोगिताको सफलताको कामना गरेका थिए । प्रकाश रावलको अध्यक्षतामा भएको कार्यक्रमले परम्परागत खेलको संरक्षणमा सहयोग पुग्ने एमाले वडा कमिटीको आशा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>