घटना -दुर्घटना
त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु, पहिचान खुल्न बाँकी
०

चितवन, चैत १७–
ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।
ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























