चितवन विशेष

मेट्स इन्टरनेशनले गर्‍यो वैदेशिक अध्ययनमा जाने नर्सलाई अभिमुखिकरण

Banner

चितवन,चैत्र १६-
नारायणगढमा रहेको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले नर्सिङका बिद्यार्थी र रजिष्टर्ड नर्सलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार नारायणगढमा विद्यार्थीलाई वैदेशिक अध्ययन तथा करियर सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

एक दिनसम्म सञ्चालन भएको कार्यक्रममा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रवन्ध निर्देशक प्रकाश पाण्डेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्लस टु मा बायो साइन्स गरेका, पिसिएल नर्सिङ, बि. एस्सी. नर्सिङ, एम. एस्सी. नर्सिङ अध्ययन गरिरहेका र रजिष्टर्ड नर्सहरुले सहभागिता जनाएको सर्भिसेजले जानकारी दिएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरुका लागि फलदाई हुने सहभागिले जानकारी दिएका थिए । सो कार्यक्रममा उल्लेख्य मात्रामा नर्सिङका बिद्यार्थी र रजिष्टर्ड नर्सहरुको उपस्थिति रहेको थियो।

नर्सिङ गरेका र नर्सिङ पढेकाहरुलाई बिशेष गरि अष्ट्रेलिया, युके, क्यानडा, युएसए तथा आयरलैंड सुन्दर गन्तब्य मानिन्छ।
नर्सिङका बिद्यार्थी अनि रजिष्टर्ड नर्सहरुका लागि बैदेशिक अध्ययन र करियर प्रतिको आकर्षण पनि बढ्दो छ। मेट्स चितवन शाखाले बिभिन्न समयमा बिभिन्न बिद्यार्थीहरु प्रति लक्षित कार्यक्रम आयोजना गर्दै आइरहेको छ। डेढ दशकको लामो अनुभव बटुलेको मेट्स चितवनले इच्छुक बिद्यार्थी हरुलाई प्रभावकारी ढङ्गमा उचित परामर्श प्रदान गर्दै आइरहेको छ। पिटिईर आइएलटिएसको दक्ष प्रशिक्षकहरु द्वारा अध्यापन तथा अनुभवी काउन्सुलरहरु बाट अभिभावक, बिद्यार्थीहरुलाई काउन्सिलिङ प्रदान गर्दै उच्च शिक्षा अध्ययनका लागि युएसए, अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका मुलूकहरुका लागि डकुमेन्टेशन र भिसा प्रोसेसिङ्गमा सहकार्य गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>