चितवन विशेष

चितवनलाई देशका प्रमुख सहरसँग जोड्ने सडकहरु हिलाम्य, यात्रा कष्टकर

Banner

चितवन, चैत १५-

चितवनलाई देशका प्रमुख सहरसँग जोड्ने राजमार्गहरु अहिले विस्तारका क्रममा छन् । केहिदिन देखिको वर्षाका कारण यी सडकहरु हिलाम्य भएका छन् । केहि ठाउँमा पहिरोको जोखिम छ । जसका कारण यात्रा कष्टकर बनेको छ ।

चितवनलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुग्लिन–मलेखु–नागढुंगा सडक विस्तारका लागि ठाउँ–ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।

धादिङ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । ठूला गाडी भने चलिरहेका छन् । मुग्निलबाट काठमाडौँ पुग्नै ७ देखि ८ घण्टा लाग्ने गरेको छ ।

मुग्लिनबाट पोखरा जाने सडक पनि विस्तारका क्रममा रहेकाले यात्रा सहज छैन । पर्यटकिय राजधानी पोखरा र चितवन जोड्ने सडक हिलाम्य हुँदा भरतपुर भ्रमण वर्ष २०२४ समेत प्रभावित भएको छ । बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ १ सय १७ किलोमिटर सडक खनेर छाडेको पाँच वर्ष पुगेको छ । तर सडक अहिले पनि कतै हिलाम्य र कतै धुलैधुलो छ । विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् । जसका कारण जाम पनि हुने गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ खण्ड पनि विस्तारको चरणमा छ । विशेषगरी विरेन्द्र क्याम्पस चोकदेखि पुलचोकसम्मको खण्डमा यात्रुले समस्या पाएका छन् ।

नारायणगढ–मुग्लिन सडकको विस्तार भएपनि यहाँ अहिले पनि पहिरोको जोखिम छ । सानो पानी पर्ने वित्तिकै यहाँ ठूलो चट्टाने पहिरो खस्छ । यस खण्डमा पहिरो खसेर यात्रुले दुई दिनसम्म सडकमै बास बस्नुपरेको समेत तितो यर्थाथ छ ।

तस्वीर : मुग्लिन–नागढुंगा सडककाे अवस्था/बलराम पाण्डेकाे फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>