चितवन विशेष

हिंसा प्रभावित अपाङ्गता व्यक्तिका लागि उद्धार तथा पुनर्स्थापना सम्बन्धी गोष्ठि

Banner

चितवन, चैत्र १३-

पर्यटकीय नगरी सौराहामा दुई दिने हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा मंगलबारबाट सुरु भएको हो ।

बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र रत्ननगर नगरपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रम रत्ननगर अपाङ्गता समन्वय समितीसँगको समन्वयमा गरिएको हो ।
कार्यक्रममा धादिङ, नुवाकोट, मकवानपुर र चितवनका गरी हिंसा प्रभावित व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनाको क्षेत्रमा कृयाशिल २१ वटा संस्थाहरुको सहभागिता रहेको छ ।
्दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको अध्यक्ष निर्मला धिताल र बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका उपसचिव गोपाल प्रसाद कंडेलले प्रशिक्षण दिनुहुने आयोजक राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको प्रदेश व्यवस्थापक सिता मल्लले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>