चितवन विशेष

नारायणी किनारमा आज एलिना र हाउडेको प्रस्तुति रहने

Banner

चितवन, चैत १३-

पछिल्लो समय ‘कट्टा हान्दिन्छु’ बोलको गीत निकै चर्चामा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई थप प्रचार पुगेको छ। केही समयअघि ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चित बनेकी गायिका एलिना चौहान पछिल्लो समय कट्टा हान्दिन्छु बोलको गीतबाट थप चर्चामा छिन्।

तिनै गायिका मङ्गलबार नारायणी नदी किनार आउँदै छिन्। नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवका लागि उनी चितवन आउन लागेकी हुन्। उनीसँगै हाँस्यकलाकार दिनेश काफ्ले ‘हाउडे’ले पनि मञ्च साझा गर्नेछन्।

महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरका अनुसार दिनभर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति दिने छन्। साथमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने योजना रहेको साँस्कृतिक कार्यक्रम संयोजक रानामगरले जानकारी दिए। सोमबार चर्चित गायिका ज्योति मगरले मञ्च तताएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>