चितवन विशेष

नारायणीमा किनारमा श्याम रानाको प्रस्तुतिमा दर्शकको ‘क्रेज’

Banner

चितनव, चैत्र ११-
नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन्। पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए।

उपस्थित दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ कति रहेछ भन्ने प्रष्टै देखिन्थ्यो। यतिसम्मकि रेलै सलल गीत दुई पटकसम्म दोहो¥याएका उनले दर्शकको रोजाइका कारण प्रत्यक्ष दोहोरी पनि यही भाकामा गाउनुपर्‍यो। आयोजकका अनुसार आइतबार एकै दिन दश हजार बढी दर्शकले अवलोकन गरेका थिए। महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार श्याम रानाको प्रस्तुतिसँगै फागु पर्व पनि परेको हुँदा दर्शकको उपस्थिति बाक्लो देखिएको हो।

यसका साथै ‘हाइ मेरी मायालु’ (कौडा), ‘झोरा’लगायतका गीत गाएका थिए। फागु खेलेर रंगिन बनेका दर्शकहरूले श्याम रानाको गीतमा सँगसँगै नाचेर साथ दिएका थिए।

श्याम रानामगर भन्दा अघि भोजपुरी गायक सुनिल पण्डितले ‘बाँझो खेतमा’को भोजपुरी भाषाबाट गायन सुरू गरेका पण्डितले ‘मिनरल वाटर’लगायत आधा दर्जनजति गीत सुनाएर बिखा भए । साँझ पर्दै गर्दा मञ्चमा गायिका साहिमा श्रेष्ठ उक्लिइन्। उनले पनि सन्ध्याकालीन दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन्।

दिनभर विभिन्न जातीय साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेको थियो। थारू र गुरूङ जातिको साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। यही क्रममा सोमबार दोहारी गायिका ज्योति मगर र जादुगर बलराम सरकारको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।

महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजातिका साँस्कृतिक प्रस्तुति रहँदै आएको छ। अन्तिम दिनसम्म यो क्रम जारी रहने साँस्कृतिक संयोजक मगरले जानकारी दिए। यसका साथै आदिवासी जनजाति समुदायमा प्रचलित मौलिक खानाका परिकारसमेत पस्किँदै आएको छ।

प्रवेशद्वारबाट भित्र छिर्नासाथ देखिने आदिवासी जनजाति परिसरमा मगर र गुरूङ समुदायले साँस्कृतिक घरसँगै परम्परागत खानाका परिकार राखेर बिक्री वितरण गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>