काठमाडौँ

मादक पदार्थ सेवन गरेर चलाइएका २२५ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर गर्‍यो होल्ड

०
Banner

काठमाडौं, चैत ११-

प्रहरीले २२५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर होल्ड गरेको छ । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भुक्तपुर)का विभिन्न ठाउँहरुमा दिउँसो २ बजेसम्‍ममा मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी अवदेश विष्टका अनुसार चेकिङ जारी रहेकाले यो संख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरीको निर्देशनमाा उपत्यकाको चेकिङ कडाइ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>