देश/प्रदेश

पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो

०
Banner

पोखरा, असोज १९ –

पोखरा महानगरपालिकाले फेवातालको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित फिर्के खोलाको अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ ।

असोज १५ गतेबाट शुरु गरिएको अभियान अन्तर्गत हालसम्म खोलाको मापदण्ड मिचेर निर्माण गरिएका २६ वटा पक्की संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरपालिकाले केवल अवैध संरचना हटाउने कार्यमा मात्र सीमित नरही, खोलाका दुवै किनारमा करिडोर (ट्र्याक) निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाएको छ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>