चितवन विशेष
ज्योति यूवा क्लवमा नयाँ नेतृत्व चयन
०

चितवन, चैत्र ११-
भरतपुर महानगरपालिका वडा नम्बर ८मा रहेको ज्योति यूवा क्लवले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको २३औँ बार्षिक साधारण सभा तथा विशेष अधिवेशनले उपेन्द्र प्रसाद रिजालको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा राजेन्द्र राउत, सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा शुनिल गुरुङ, सह-सचिवमा भरत गौतम चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा फुलमाया थापा, जनक कंडेल, सन्ध्या कंडेल, राममाया श्रेष्ठ, बिष्णुप्रसाद आचार्य, आयुष सुवेदी रहनुभएको छ ।
गौरिगञ्जमा रहेर यस क्लवले विभिन्न सामाजिक काम गर्दै आएको छ । आगाडि दिनमा पनि सामाजिक उत्तरदायित्वका काम गर्दै जाने सचिव जिवन पौडेलले बताउनुभयो । यस समितिको कार्यकाल दुई वर्षको हुनेछ । अधिवेशनको अवसरमा होलिको समेत शुभकामना आदानप्रदान गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























