देश/प्रदेश

पानी परेपछि किसान खुसी

Banner

महोत्तरी, चैत ९-

सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । मङ्गलबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो ।

मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा अहिले एक÷दुई दिनमै लहलहाएका छन् । त्यसैगरी, झपक्क मज्रेका (मञ्जरी खिलेको, पूल लागेको) आँप, लिची र रूखकटहरसहितका रूख पानीले जालो र कालो धब्बा पखाली दिएपछि चहकिला देखिएका छन् ।

यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ । “वर्षाको पानीको जादू दुई दिनमै तरकारीका लहरा कति फेरिए”, बारीका फर्सी, लौका, काँक्रा र घिरौँलाका लहलहाएका लहरा देखाउँदै भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारू भन्नुहुन्छ, “अब चाहिँ पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मनमाफिक उत्पादन दिने आश जगायो ।”

त्यसैगरी, फलपूmलखेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिएका छन् । “पात र हाँगा नदेखिनेगरी खिलेको मज्जर (मञ्जरी, फूल), रूखका हाँगा र पातमा बसेको जालो र काला धब्बा सबै पखालिएका छन्, फलका रूख परैबाट चहकिला देखिएका छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहा भन्नुहुन्छ, “अब मज्जर नझर्ने र राम्ररी टिकोला (चिचिला) लाग्ने र बढ्ने आश जागेको छ ।”

पछिल्लो वर्षाले जालो, धब्बा पखाल्नसँगै जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा (डढुवारोग) को प्रकोप पनि कम हुने किसानको विश्वास छ । अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको कुशवाहा बताउनुहुन्छ । पानी परेलगत्तै फलपूmलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन् ।

जिल्लामा बर्दिबास नगरपालिकाका–३, ४, ५, ७, ९, १०, ११, १२ र १३ का ४० भन्दा बढी बस्ती फलपूmल र तरकारीखेतीका पकेट क्षेत्र मानिन्छन् । यसैगरी, गौशाला, भङ्गाहा, मटिहानी, बलवा, मनराशिशवा र पिपरासहितका स्थानीयतहका बस्तीमा फलफूल खेती निकै छ । पछिल्लो वर्षाले खासगरी आँप र लिचीलाई अमृतकै काम गरेको आम किसानको प्रतिक्रिया छ ।

भङ्गाहा–४ रामनगरकै अर्का किसान रामईश्वर ठाकुरले भन्नुभयो, “अहिले वर्षाले साथ दियो, अब ठूलो हावाहुरी नलागे टिकोला टिक्छन् ।” यसपालि अहिले पाइएको वर्षाको अनुकूलता पाइरहे आँप, लिच्चीबाट अपेक्षित उत्पादन लिइने ठाकुर बताउनुहुन्छ । पछिल्लो वर्षाले वैशाखी तरकारी (वैशाखमा उत्पादन लिइने मौसमी) खेतीका लागि निकै राहत मिलेको किसानको भनाइ छ ।

माटोमा चिस्यान नहुँदा तरकारीका बेला ९लहरा० र बोट कक्रिँदै गएका बेला परेको पानी अमृत भएको छ । “पूरै हिउँद पानी नपर्दा माटो रुखिएर तरकारीका बेला ९लहरा० फैलन सकेका थिएनन्”, गौशाला–१० का किसान अरुण कुशवाहा भन्नुहुन्छ, “यो पछिल्लो पानीले अब बग्रेल्ती चिचिला लाग्नेछन् ।” फलपूmल र तरकारीबाहेक उखुका लागि पनि पछिल्लो वर्षा अमृत भएको किसानको भनाइ छ । जिल्लामा पाँच हजार हेक्टर फलपूmलखेती र त्यसैको हाराहारीमा वैशाखी तरकारीखेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लो वर्षाले गहुँका बालामा पनि पोटिलो दाना लाग्ने किसानको भनाइ छ । यसैगरी, अरहर ९(हरी), मुसुरोलगायत दलहनका बोट पनि हरिया भएका छन् । जताततै बुङ्बुङ्ती उड्ने धुलोबाट राहत दिनसँगै ह्वात्तै बढेको गर्मी घटाएर पछिल्लो वर्षाले वातावरण शीतल बनाएकोे छ ।

राम्ररी पानी परेर आकाश उघ्रेपछि अब खेतीपातीका काम गर्न सहज हुने किसानको भनाइ छ । पछिल्लो वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब मकै छर्ने, बर्खे कोदो र धानको ब्याड राख्ने काम सुरु गर्न सकिने किसान बताउँछन् । धान काटेपछि चिस्यान नभएर खनजोत गर्न नसकिएको खेत अब जोत्न सकिने भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका इस्लाम राइन बताउनुहुन्छ । यसअघि चिस्यान नभएर रुखिएको बाँझो जग्गा अब खनजोत गरी बर्खे बाली लगाउने तयारी गरिने किसानले बताएका छन् ।

पछिल्लो वर्षाले पशुपालक किसान पनि रमाएका छन् । अब चरन क्षेत्रमा नयाँ घाँस पलाउने किसान बताउँछन् । अब यसअघि माटो रुखिएर मरेको दुबो र अन्य घाँस पलाएपछि केही दिनभित्रै पर्याप्त चरन हुने भङ्गाहा–४ रामनगरका भैँसीपालक किसान जुगल सदा मुसहर बताउनुहुन्छ ।

यो वर्षाले वन क्षेत्रका पातपतिङ्र मज्जाले भिजाएको हुँदा अब डढेलो पनि पहिलेजस्तो नफैलने वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । यसपालि फागुन मध्यदेखि नै बढेको डढेलोले वन सखाप पारेको छ । एक सातापहिले गौशाला–१२ मा घाटगद्दी गरिएका रु १५ लाखभन्दा बढी मूल्यका काठ डढेलोको चपेटामा परी खरानी बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area