देश/प्रदेश

६८ किलोभन्दा बढीका चाँदीका गहनासहित एक भारतीय पक्राउ

०
Banner

काठमाडौं, कार्तिक १०-

प्रहरीले ६८ किलोभन्दा बढीको चाँदीका गरगहनासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भारतको विहार रक्सौलका १९ वर्षीय अमन सर्राफलाई उक्त परिणाममा चाँदीका गरहनासहित पक्राउ गरेहो हो ।

उनको साथबाट ६८ किलो २४४ दशमलव २४ ग्राम चाँदीका गरगहना बरामद गरिएको कार्यालयका सूचना अधिकारी एवं एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका ७ बाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको कार्कीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>