Breaking News

चार ओभरमा ब्याटर हतारियौं– विराटनगर कप्तान सन्दीप

०
Banner

काठमाडौं, कात्तिक १० –

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए ।

चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् । १६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारणमध्ये रहेको सन्दीपले उल्लेख गरे । पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु र हतारिँदा हार हुन सक्छ भन्ने यो नतिजाबाट शिक्षा लिएको उनी बताउँछन् । छिटै विजयी उत्सव मनाउनु नै गल्ती भएको सन्दीपले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>