चितवन विशेष

ट्रान्सफर्मरमा चढी तार तान्ने क्रममा करेन्ट लागेर कवाड उठाई हिँड्ने एक जना घाइते

०
Banner

चितवन, चैत ८–

भरतपुर महानगरपालिका–३ सहिद चोक नजिकै विद्युतीय ट्रान्सफर्मरमा चढी तार तान्न खोज्ने क्रममा एक जना घाइते भएका छन् ।

बुधबार राती करिब एक बजेको समयमा कवाड उठाई हिँड्ने झापाका ३५ वर्षीय सन्दिप गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेको टाउकोमा चोट लागेको, हात खुट्टा सामान्य जलेको र बोल्न सक्ने अवस्थामा प्रहरी मोबाइल टोलीले उद्धार गरेर भरतपुर अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>