चितवन विशेष

इच्छाकामना वासीलाई चितवन मेडिकल कलेजले २० प्रतिशत छुट दिने

Banner

चितवन, चैत्र ०७-
इच्छाकामना गाउँपालिका र चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल बीच गाउँपालिकावासीलाई स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ । दुई पक्षबीच वडाका बिरामीलाई उपचारमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो । त्यस्तै चेपाङ समुदायको हकमा २५ प्रतिशत छुट गर्ने सहमति भएको छ ।

सम्झौतापत्रमा चितवन मेडकल कलेजका व्यवस्थापक प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सो सम्झौता २०८० फागुन १ गतेदेखि २०८४ चैत ३० गतेसम्म लागु हुने उल्लेख छ ।

सेवा सुविधा पाउनका लागि गाउँपालिकाको कार्यालय साइडमा दर्ता गर्नुपर्ने छ । दर्ता भएपछि गाउँपालिकाको परिचयपत्र उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । ओपिडि टिकट र आकस्मिक टिकटमा पनि छुट हुने बताइएको छ । गाउँपालिकाको सिफारिसमा पनि १० प्रतिशत छुट दिने उल्लेख छ । यसैगरी सिटिइभिटी अन्तर्गतको रोयल क्यान्सर इन्स्टिच्युटको पढाइमा गाउँपालिकाका विद्यार्थीले गाउँपालिकाको सिफारिसमा १० प्रतिशत छुट पाउनेछन् । यसैगरी गाउँपालिकाले कार्यालयमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पाट्नर चितवन मेडिकल कलेज’ लेखिएका बोर्ड राख्नुपर्ने छ । यसअघि मेडिकल कलेजले चितवन सहित यस आसपासको जिल्लाका स्थानीय तहसंग छुट दिने घोषणा गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>