चितवन विशेष

मुग्लिन-नारायणगढ सडकमा ट्रक दुर्घटना

Banner

चितवन, चैत्र ०६-
चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा एक ट्रक दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा ३ ख ८३८० नम्बरको ट्रक मंगलबार साँझ साढे ४ बजेको समयमा दुर्घटनामा परेको हो।

ट्रक चालक काभ्रेपलान्चोकका अन्दाजी ३५ वर्षिय सुरेश थापा सामान्य घाइते भएका छन्। ट्रकमा उनी एक जना मात्र सवार थिए। ब्रेक नलागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। हाल ट्रकलाई क्रेनको सहायतामा उठाउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>