कृषि

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुने

Banner

चितवन, चैत ६-

नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ हुने भएको छ ।

उद्योग परिसंघले आगामी चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनु भयो ।

उहाँले कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नुरहेको बताउनु भयो । उहाँले सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्ममशिलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताउनु भयो ।

उहाँले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको बताउनु भयो ।

परिसंघले सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौति तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने बताएको छ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले गर्ने परिसंघले जनाएको छ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>