चितवन विशेष
मुग्लिङमा भारतीय ट्रकमा मोटरसाइकल ठोक्किदा एक जना गम्भिर घाइते
०

चितवन, चैत्र ०४-
चितनवमा भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जना घाइते भएका छन् । मुग्लिन बजारको एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा नारायणगढ तर्फबाट कुरिन्टार तर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल आज साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।
घाइते हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहेका छन् । अहिले उनको उपचारका लागि भरतपुर तर्फ ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल, ट्रक र ट्रक चालक भारत बिहार स्थियी बसोबास रहेका २८ बर्षिय अमरेन्द्र यादव इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्णमा रहेको छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























