चितवन विशेष
देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता
०

चितवन, चैत ३-
भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।
पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष शुक्रवार दिउँसो ११ बजेतिर नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए ।
देवघाटमै आश्रममा बस्ने व्यक्ति कपडा फुकालेर नुहाउने क्रममा बेपत्ता भएको उनले बताए । उनका अनुसार मोटरबोटको सहायतामा बेपत्ता व्यक्तिको खोजी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























