चितवन विशेष
भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी
०

चितवन, चैत ३-
भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ ।
शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।
स्थानीय र भरतपुर महानगरपालिकाको दुई वटा दमकलको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आइसकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























