राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Banner

काठमाडौं, चैत २-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नको लागि प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको हो।

डिल्ली आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो।

छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरबाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>