चितवन विशेष

माडीको कान्तिपुरस्थित एक घरमा आगलागी, करिब दुई लाख बराबरको क्षति

Banner

चितवन, चैत २-

माडी नगरपालिका–८ कान्तिपुरस्थित एक घरमा बिहीवार साँझ ६ बजे आगलागी भएको छ । खरको छाएको घरमा आगोको झिल्का सल्किएर आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय कुलबहादुर हरिजनले आफ्नो खाली जग्गामा आगो लगाउने क्रममा आगोको झिल्का उडेर २० मीटर पूर्व रहेका स्थानीय ६५ वर्षीय गोकर्ण गायकको काठ र खरको छाएको घरमा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बताएको छ ।

स्थानीय र दमकलको सहयोगमा आगलागी भएको डेढ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको खाट, टेबल, किचन र्‍याकसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>