देश/प्रदेश

देशैभरको तापक्रम बढ्दो, अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री पुग्यो

Banner

काठमाडौँ, चैत १-

देशभरको अधिकतम तापक्रम बढ्न सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरमा तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुग्दा धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारीमा थियो ।

यसरी दैनिक तापक्रम बढ्न थालेपछि तराईका केही ठाउँमा गर्मीले जनजीवन प्रभावित हुन थालेको महाशाखाले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area