देश/प्रदेश

देशका अधिकांश प्रदेशमा बादल लाग्ने, राति केही स्थानमा वर्षा र हिमपात हुन सक्ने

०
Banner

काठमाडौं ,कात्तिक ११-

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>