देश/प्रदेश

साउनदेखि तलब नपाएका शिक्षकको अडान कायमै, ६ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित

Banner

रौतहट, चैत १-

रौतहटमा ६ हजार बालबालिका वार्षिक परीक्षा दिनबाट वञ्चित भएका छन्। फतुवा विजयपुर नगरपालिकामा शिक्षकहरू आन्दोलनबाट पछि नहटेपछि झन्डै ६ हजार बालबालिका वार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज देखि हुने भनिएको थियो । तर, वार्षिक परीक्षा शिक्षकहरूले बहिष्कार गरेपछि बालबालिका परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा आज बिहान दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधवार निर्णय गरिए अनुसार वार्षिक परीक्षा बहिष्कार यथावत् राख्ने सहमति भएको हो।

फतुवा विजयपुरमा नगरपालिका स्थापना भएदेखिनै आफ्नै तलब पाउन प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यको लागि यस पटक परीक्षा बहिष्कार गर्ने निर्णयलाई सर्वसहमतिले कार्यान्वयन गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिए।

बैठकमा मावि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि विजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमाबी डुमरियाका सन्तोष जयसवाल, निमाबी भैसहीका अशोक जयसवाल, निमाबी लक्ष्मीनियाका जयकिशोर साह, निमाबी बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउनदेखि हालसम्म तलब पाएका छैनन्।

स्रोतः रातोपाटी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>