देश/प्रदेश
प्रकाउ परे नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड लिने टोकनाथ

काठमाडौँ, चैत १-
नक्कली सुन धितो राखेर ऋण लिने एक पुरुष प्रकाउ परेका छन् । बैंकमा नक्कली सुन धितो राखेर चार करोड ऋण लिने सप्तरीको कञ्चनरूप नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह प्रकाउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएर नतिरी फरार भएका साहलाई बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको थियो ।
ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार साहले अमेरिका लैजान्छु भनेर युवायुवतीलाई ठगी गर्ने गरेको पनि पाइएको छ।



























