चितवन विशेष

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा २८ बिगा प्रवेश

Banner

चितवन, फागुन ३०-
२८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो ।

२८ बिगाको जितमा अजित लामा, गणेश हमाल, कृपा चौधरी र स्यामुएल सुनारले गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको पाचौं मिनेटमा अजितले गोल गर्दै २८ बिगालाई अग्रता दिलाए । लगत्तै सातौं मिनेटमा गणेशले अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा कृपाले फ्री किकमा सुन्दर गोल गरेपछि २८ बिगाले ३(० को अग्रता लियो । ३४ औं मिनेटमा स्यामुएले गोल गरेपछि २८ बिगाले सहज जित दर्ता गरेको हो । २८ बिगाका अजित म्यान अफ दि म्याच भए ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ र घैरुङ एफसी गोरखा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>