देश/प्रदेश

मृत्यु भएको व्यक्तिको वृद्धभत्ता बुझ्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Banner

काठमाडौँ, फागुन ३०-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानले शारदा नगरपालिका(३ का तत्कालीन वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

थापाविरुद्ध आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छेको वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको आरोप छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area