देश/प्रदेश

क्यान्सर सेन्टरलाई दुई सय शय्यामा स्तरोन्नति गरिने

Banner

काठमाडौँ, फागुन ३०

विनयतारा फाउण्डेसनले जनकपुरमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर स्तरोन्नति गरी दुई सय शय्याको बनाउने भएको छ । फाउण्डेसनका अध्यक्ष डा विनय साहले यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अस्पताल निर्माणको अनुमति, आवश्यक जग्गा र सुरुवाती लगानी सुनिश्चित भइसकेको समेत बताउनुभयो ।

उहाँले सन् २०२४ देखि नै भवन निर्माण सुरु हुने बताउनुभयो । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र भवन निर्माण गर्न लागिएको उहाँको भनाइ छ । विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल भवन सुरु गरिएको बताउनुभयो ।

सन् २०१८ देखि सञ्चालनमा रहेको २५ शय्याको क्यान्सर सेन्टरमा अहिले अस्पताल किमोथेरापी, सर्जरी, सघन उपचार कक्ष ( आइसियु ) सहितको उपचार सेवा उपलब्ध छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area