चितवन विशेष

चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

Banner

चितवन, फागुन २७-
चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन् । लम्जुङको सुन्दरबस्ती नगरपालिका तीन स्थायी घर भएका अनिल गुरुङ लागुऔषध बिक्रि वितरण गरेको आरोपमा शुक्रबार भरतपुर महानगरपालिका १७बाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखी बिक्री वितरण गर्ने भन्ने प्राप्त सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनको घरमा खातलासि गर्दा लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।
आज जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>