चितवन विशेष

शालिनको मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकहरुको तेस्रोपटक म्याद थप

Banner

चितवन, फागुन २७-

पूर्वी चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि पुन: ४ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आइतबार तेस्रो पटक ४ दिन म्याद थप गरिएको हो । उनीहरु तीनै जना प्रहरी हिरासतमा छन् ।

यसअघि पनि ४ दिन म्याद थपिएको थियो भने पहिलो पटक जिल्ला अदालत चितवनले अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको थियो । फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासमा १४ वर्षकी पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उक्त घटनामा परिवार तथा आफन्तले बलात्कार पछि हत्या आरोप लगाएर मृतक पोखरेलका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षक विरुद्ध किटानी जाहेरी दिएका थिए । तर स्वास्थ्य परीक्षणमा पोखरेल माथी बलात्कार नभएको पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>