चितवन विशेष
नेपाल नेत्र सहायक परिवारको अध्यक्षमा रमेश घिमिरे चयन

चितवन, फागुन २७-
नेपाल नेत्र सहायक परिवारको चौथो राष्ट्रिय अधिवेशन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले रमेश घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा नवीनकुमार राजवंशी, उपाध्यक्षमा भवानीप्रसाद पाठक, महासचिवमा रमेश प्रधान, सचिवमा महेश पराजुली, कोषाध्यक्षमा सन्तोष घिमिरे र सहकोषाध्यक्षमा दमन अधिकारी चयन हुनुभएको छ ।
यसैगरी, समितिको सदस्यमा डबल अधिकारी, रामानन्द विश्वकर्मा, इन्दिरा उदय जोशी, विशेश्वर जोशी, सुशीलकुमार मेहता, दीपेन्द्रकुमार चौधरी, सुजितकुमार शाह, दीपेशकुमर राम, विमल घिमिरे, मुहम्मद अफ्ताब आलम, पुण्यप्रसाद अधिकारी र कल्याण ढुङ्गाना चयन हुनुभएको छ । साथै इन्द्रकुमार सिंह र किरण मैयाँ थापालाई सदस्यमा मनोनीत गरिएको छ ।
विसं २०४८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको यो संस्थाको विसं २०६० मा पहिलो अधिवेशन भैरहवामा, दोस्रो अधिवेशन विसं २०६८ मा काठमाडौँ र तेस्रो २०७३ सालमा काठमाडौँमा भएको थियो । कार्यसमितिको दुई वर्ष कार्यकाल भए पनि विगतमा कोभिडलगायत कारण अधिवेशन नियमित हुन सकेको थिएन ।
अन्धोपन निवारण तथा आँखा सेवालाई व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गबाट सञ्चालन गर्न नेत्र सहायकको भूमिका र योगदान महत्वपूर्ण रहने जनाउँदै नवनिर्वाचित अध्यक्ष घिमिरेले पेसागत हकहित र आँखा उपचारका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


























