इच्छकामना

इच्छाकामनामा १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

Banner

चितवन, फागुन २६-

इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा गरी १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।

ईच्छाकामना गाउँपालिकाको प्राविधिक सहयाेगमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास निर्देशनालय र पशु सेवा कार्यालय चितवनको आयोजनामा सञ्चालना भएको सप्ताहब्यापी खोप कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो ।

पशु सेवा प्राविधिक रञ्जित विकका अनुसार इच्छाकामना–१ र २ मा तीन/तीन हजार , वडा–७ मा चार हजार र वडा–३, ४, ५ र ६ मा दुई/दुई हजार खोप लगाइएको हो ।

पिपिआर रोग लागेमा यस्को उपचार नहुने र धेरै बाख्रा मर्ने हुँदा यस्तो उत्तम विकल्प खोप नै रहेको पशुपन्छी विकास शाखाका प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यो वर्ष थप पाँच हजार बाख्रामा खोप लगाउने तयारी छ । गत वर्षको तुलनामा दोब्बर बाख्रामा खोप लगाइएतापनि खोप अझै प्रयाप्त नरहेको उनी बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>