चितवन विशेष

सरकारले सार्वजनिक गरेको सहिदको सूचिमा चितवनका सात जना परे

Banner

चितवन, फागुन २५

नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो । गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । राजपत्रमा प्रकाशित सूचनामा चितवनका सात जना समेटिएका छन् । चितवनका मध्ये छ जना भरतपुर महानगरपालिका र एक जना माडी नगरपालिकाका रहेका छन् । राजपत्रमा प्रकाशित सूचनामा भरतपुर १६का विष्णुप्रसाद दवाडी, भरतपुर ७का कृष्णप्रसाद पौडेल, भरतपुर ८का तोप बहादुर खड्का, भरतपुर १५का हृदयराज अधिकारी, भरतपुर १०का सन्तराम घले, भरतपुर २३का वेगानन्द गिरी र माडी ७कातिक पौडेलको नाम समेटिएको छ ।

सहिदबारे राजनीतिक रुपमा विवाद हुँदै आएको छ । अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश छ । सहिदको सूचिमा पर्नेमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकका १६८ जना रहेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>