चितवन विशेष

शंकास्पद लागेपछि दुबई जान लागेकी चितवनकी एक महिलासहित तीनजनालाई विमानस्थलबाट फर्काइयो

Banner

काठमाडौं, फागुन २५-

दुबई जान लागेका ३ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले रोकेको छ । शंकास्पद लागेपछि प्रहरीले बिहिबार राती साढे १० बजे हिमालयन एयरलाइन्सबाट दुबई जान लागेका ३ जनालाई प्रहरीले रोकेको हो ।

रोकिने महिलाहरुमा चितवन, अर्घखाची र तेहथुका महिला हुन् भने, दुबई पठाउने एजेन्ट भबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ३ महिलासहित एजेन्ट थापालाई अपराध महाशाखामा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।

उनले भने, ‘शंकास्पद तरिकाले ३ जना महिला दुबई जादै छन् भन्ने जानकारी आएपछि हामीले हिमालयल एयरलाइन्सलाई जानकारी गराएका थियौं । त्यसै अनुसार रोकिएका हुन् । एजेन्टले मेनपावर मार्फत नै दुबई पठाएको भने पनि मेनपावर देखाउन सकेका छैनन् ।’

एजेन्टले सजिलै काम लगाइदिने भनेर भिजिट भिसामा दुबई लान लागेको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>