चितवन विशेष
भरतपुरमा करिब २० हजार प्रतिबन्धित माछाका भूरा नष्ट
०

चितवन, फागुन २५-
भरतपुर महानगरपालिका–१६ मिलिजुली चोकमा करिब २० हजार प्रतिबन्धित माछाका भूरा बरामद गरिएको छ ।
सात वटा सिल्भरको भाँडामा बेवारिसे अवस्थामा फेला परेको माउँर प्रजातीको प्रतिबन्धित माछाका भूरा प्रहरीले बिहीवार नष्ट गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक बसन्त पाण्डेले प्रतिबन्धित माउँर प्रजातीका माछा भारतबाट ल्याइएको हुन सक्ने बताए । पशु क्वारेन्टाइनका चिकित्सक र जनप्रतिनिधिसँग समन्वय गरी प्रतिबन्धित माछाका भूरा नष्ट गरिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























