चितवन विशेष

जनतासंग (एमाले) अभियानः एमाले राप्ती कमिटीको भेला सम्पन्न

Banner

चितवन,फागुन २४–

जनतासंग (एमाले) अभियान–२०८० अन्तर्गत नेकपा (एमाले) राप्ती नगर कमिटीको बिस्तारीत भेला बुधवार सम्पन भएको छ। उक्त भेलाले जनतासंग (एमाले) अभियानलाई प्रभावकारी बनाउन १३ वटै वडामा वडास्तरीय उत्प्रेरक समूह गठन गरि कार्ययोजना निर्माण गरेको छ ।

कमिटीका अध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षतामा पार्टी केन्द्रिय कमिटी सदस्य, बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, केन्द्रिय सदस्य प्रभा बराल, बागमती प्रदेश कमिटीका सदस्यहरु हरि पौडेल, शुसिला थपलिया, गोबिन्द कंडेल, श्यामलाल बिक, राप्ती नगरपालिकाका संस्थापक उपमेयर ईमानसिंह लामा, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, उपसचिव प्रकाश ढुंगाना लगायतको उपस्तिथिमा भेला सम्पन्न भएको हो।

भेलामा वक्ताहरुले यस अभियानलाई प्रभावकारी बनाउन जनताको सरोकारका बिषयहरुलाई स्थानीय स्तरमै सशक्त ढंगले उठाउने, सेवा प्रवाहमा हुने ढिला सुस्तिमा खबरदारी गर्ने, स्थानीय स्तरमै समृद्धिको योजना निर्माण गर्न केन्द्रित हुनुपर्ने बताए । थपलियाले बदलिँदो परिस्थितिमा नेकपा एमाले अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

उक्त भेलामा एकीकृत समाजबादी परित्याग गरि उक्त पार्टीका जातीय उत्पीडित मुक्ती समाजका जिल्ला उपाध्यक्ष चुडामणि दर्जी नेकपा (एमाले) मा समाहित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>