चितवन विशेष

चितवनमा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना २ जना घाइते

Banner

चितवन, फागुन २०-
चितवनमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर १ तरकारी चोक स्थित पुर्व पश्चिम राजमार्गमा आज हेटौँडा तर्फ जाँदै प्रदेश ३–०१–००२ झ ५०१४ नम्बरको एम्बुलेन्स र विपरित दिसाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ५५०२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा रत्ननगर नगरपालिका १०का ५२ बर्षिय रामबहादुर चौधरी र उनकी श्रीमती शुक्रमिया चौधरी रहेका छन् । श्रीमानको बायाँ खुट्टा र नाकमा चोट लागेको छ भने श्रीमतीको बायाँ खुट्टा, बायाँ आँखा र छात्तीमा चोट लागेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । एम्बुलेनस चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>