चितवन विशेष

प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक

Banner

चितवन, फागुन २०-
चितवन ११ फुटबल क्लबको आयोजनामा फागुन २५ देखि सुरु हुने सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिईएको हो । चैत १० गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । भरतपुर चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ । भरतपुर भ्रमण वर्षको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएकोले यहाँका पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको कार्कीले बताए । जस अनुसार चौकीडाँडा पोलमा नेपाल पुलिस क्लब, इमेज बसन्तपुर युनाइटेड क्लब र २८ बिघा छन् । गोलाघाट पोलमा एभरेष्ट एफसी, रड्स रामपुर र आबुखैरहनी गाउँपालिका रहेका छन् ।

देवघाट पोलमा पेन्गुइन भरतपुर २४, हानामी भरतपुर फुटबल क्लब र घैरुङ एफसी छन् भने बिसहजार ताल पोलमा कैलाश युथ क्लब, नेपाली सेनाको द सबुज दल गण र गैंडाकोट एफसी छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र बसन्तपुर युनाइटेड क्लब भिड्नेछन् ।

प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय ९तालिमकेन्द्र० को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । दर्शकका लागि पहिलो चरणमा ५० तथा क्वाटरफाइनलदेखि फाइनल सम्मका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने क्लबका अध्यक्ष कार्कीको विश्वास छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, रेफ्री संघका केन्द्रीय सदस्य विरेन्द्रबहादुर पाण्डेलगायत उपस्थित थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>