चितवन विशेष

घर फर्किने क्रममा हराएका ओम शान्ति एकेडेमीमा पढ्ने बालक बराल हेटौंडामा भेटिए

Banner

चितवन, फागुन २०-

घर फर्किने क्रममा हराएका ओम शान्ति एकेडेमीमा कक्षा ५ मा पढ्ने १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । उनी शनिवारदेखि बेपत्ता भएका थिए ।

भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा शनिवार ट्युसन पढेर फर्किने क्रममा उनी हराएका थिए ।

उनलाई फेला पारेर हेटौडा सामुदायिक प्रहरीमा राखिएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए। विद्यालयले शनिवार राखेको ट्युसन पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>