चितवन विशेष

रुपाकोट समाज चितवनको मित्रमिलन

Banner

चितवन, फागुन १९-
तनहुँको रुपाकोटबाट चितवन तथा नवलपुर आइ बसोबास गर्नेहरुको समूह रुपाकोट सेवा समाज चितवनदे मित्रमिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले रुपाकोटबाट बसाइँसरी चितवन तथा नवलपुर क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरुबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष गर्दै आएको कार्यक्रममा औपचारिक समारोह समेत भएको थियो ।

इन्जिनियर जीवनाथ अधिकारी प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, नेपाल सरकारका उपसचिव प्रकाश पौडेल, भरतपुर अस्पतालका चित्कित्सक डा. सुमन पौडेल, गायक भुवन प्यासी, सीता अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन र नवलपुरका गरि एक सय जना बढीको सहभागिता रहेको समाजका सचिव दीपेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार आजीवन सदस्यलाई सम्मान तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । २०७३ सालदेखि स्थापित समाजले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>