चितवन विशेष
एनआइएमबीद्वारा ग्राहक सम्मानित
०

भरतपुर, फागुन २०-
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले ‘फोन पे’बाट धेरै कारोबार गर्ने चितवनका दुई ग्राहकलाई आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । बैंकले डिजिटल बैंकिङ ‘फोन पे’बाट धेरै कारोबार गर्ने बैंकका ग्राहकहरु चिया इन नारायणगढ र भी रेष्टुरेष्ट सौराहाका सञ्चालकलाई सम्मान गरेको हो ।
शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा चिया इन नारायणगढ र भी रेष्टुरेष्ट सौराहाका सञ्चालकलाई मायाको चिनोसहित सम्मान गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नारायणगढ शाखाका प्रमुख राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























